> आर्थिक/बिकास > बार्षिक कार्यक्रम प्रभाबकारी बनाउन राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम प्यूठानको अभिमुखिकरण


बार्षिक कार्यक्रम प्रभाबकारी बनाउन राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम प्यूठानको अभिमुखिकरण

प्यूठान । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ प्यूठानले आर्थिक वर्ष २०८२/ ८३ का लागि पकेट विकास कार्यक्रम प्रभाबकारी कार्यान्वयनका लागि सरोकारवालाहरु बीच अभिमुखीकरण कार्यक्रम गरेको छ ।

 

पकेट कार्यक्रम प्रभावकारी ढङ्गबाट सञ्चालन गरी उत्कृष्ट नतिजाका लागि अभिमुखिकरण कार्यक्रम गरिएको कार्यालय प्रमुख चुमान सिंह गिरीले बताउनुभयो ।

 

कार्यक्रममा पालिकाका शाखा प्रमुख, धान, अदुवा, मसला र तरकारी जोनसँग सम्बन्धित सराेकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले कृषिबाट नै समृद्धि ल्याउन सकिने हुँदा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

 

पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले कृषकलाई प्रविधिसँग जोडी कम लागतमा बढी उत्पादन गर्ने तर्फ सहयोग गर्न आग्रह गर्नुभयो । एकीकृत कृषि तथा पशुपंछी कार्यालयका कार्यालय प्रमुख विनोद शर्माले कृषि तथा पशुपंक्षीको क्षेत्रमा कार्यक्रम नदोहोरिने गरी आवश्यक समन्वय गरी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिनुभयो ।

 

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाई प्यूठानले कृषकहरुलाई आधुनिक प्रविधिकाे क्षेत्रमा सहयोग गरेको छ ।