प्यूठान । भारतबाट आएका एक युवामा हैजा संक्रमण देखिएको छ । मल्लरानी गाउँपालिका-२ भैसामारेका ३३ वर्षिय युवालाई हैजा भएको हो ।
प्यूठान अस्पतालमा उपचारका क्रममा हैजा देखिएको अस्पतालले जनाएको छ ।
बुधवार भारतको जलन्धरबाट फर्कदै गर्दाबाटोमा स्वास्थ्य समस्या देखिएको ती युवाले बताए । घर पुगे लगत्तै स्वास्थ्यमा सुधार नआएपछी उनी बिहिवार राति अस्पताल पुगेका हुन ।
आइसुलेसनमा राखेर उनको उपचार भैरहेको अस्पतालले जनाएको छ ।
