प्यूठान । आजदेखी जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउन थालिएको छ । ९ महिनादेखि ५ वर्ष उमेरका बालबालिकालाई खोप दिन लागिएको हो ।
जिल्लाभर २ सय ७३ खोप केन्द्रबाट २२ हजार ८ सय २४ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । यसका लागि २५ हजार ५ सय डोज खोप प्राप्त भएको उहाँले बताउनुभयो ।
यो अभियानमा डिपिटी-हेप बी-हिव, पिसीभि र आईपिभि खोप लगाउन छुटेका बालबालिकालाई समेत खोप लगाईने योजना रहेको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।
सन २०२६ सम्म दादुरा-रुबेला रोग निवारण गर्ने नेपालले प्रतिबद्धता गरेको छ । यसवर्षको यो अभियान फागुन १८ गतेसम्म चल्नेछ ।
