प्यूठान, ७ भाद्र । अर्घाखाँचीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा अर्घाखाँचीका थप १२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार आज थप हुनेमा सन्धीखर्क नगरपालिका ६ जना, भुमिकास्थान नगरपालिकाका ४ जनार मालारानी गाउँपालिकाका २ जना रहेका छन् ।
