> समाज > उद्योग वाणिज्य संघ गौमुखी बजार क्षेत्रलाई निशुल्क जग्गा


उद्योग वाणिज्य संघ गौमुखी बजार क्षेत्रलाई निशुल्क जग्गा

प्यूठान । प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञामुराम न्यौपाने र गौमुखी बजार क्षेत्रका अध्यक्ष कमला पोख्रेल न्यौपाने दाम्पतीले प्यूठान उद्योग वाणिज्य संघ गौमुखी बजार क्षेत्रलाई निशुल्क जग्गा प्रदान गर्नुभएको छ ।

 

ठुलाबेशीमा बजार क्षेत्रको सचिवालय भवन निर्माणका लागि १३० बर्गमिटर जग्गा प्रदान गरेको पूर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो ।

 

बजार क्षेत्रको नाममा सोमबार मालपोत कार्यालय प्यूठानबाट रजिष्ट्रेसन पास गरिएको छ । चलनचल्ती अनुसार उक्त जग्गा १३ लाख ६० हजार मूल्य बराबरको रहेको छ ।