प्यूठान । सरुमारानी गाउँपालिकाले आ.व. २०८१/८२ को वित्तिय प्रगति सार्वजनिक गरेको छ । निकासा बजेटको आधारमा कुल ९१ दश्मलव ४१ प्रतिशत वित्तिय प्रगति भएको छ ।
४० करोड ९८ लाख ७ हजार ८२८ रुपैंया ८४ पैसा विनियोजन भएकोमा कुल ३५ करोड ५१ लाख ९२ हजार ४३९ रुपैंया ८१ पैसा निकासा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिनुभयो । कुल निकासा रकमबाट ३५ करोड २१ लाख ३० हजार ४९६ रुपैंया ६८ पैसा खर्च भएको छ ।
चालु आर्थिक वर्षको सम्पूर्ण भुक्तानी प्रक्रिया असार २५ गत दिउँसो ३ बजेदेखि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
