> समाज > गाउँपालिका उपाध्यक्ष किन क्वारेन्टाइनमा ?


गाउँपालिका उपाध्यक्ष किन क्वारेन्टाइनमा ?

कमल बि.क.
प्यूठान, ५ वैशाख ।
जिल्ला बाहिरबाट आएका व्यक्तिबाट कोरोना संक्रमणको जोखिम कम गर्न जिल्लामा स्थानीय तहले क्वारेन्टाइन बनाएर बसालेका छन् । देशविदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिरहँदा प्यूठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष समेत क्वारेन्टाइनमा बस्नुभएको छ ।

उपाध्यक्ष तुलसा सुनार अरु व्यक्ति सरह नै क्वारेन्टाइनमा बस्नु भएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिनुभयो । उपाध्यक्ष सुनार ५ नम्वर वडा स्थित पूर्ण प्रा.वि. सालिवीसौनाको क्वारेन्टाइनमा रहनु भएकोे हो । अब उहाँले १४ दिन सम्म क्वारेन्टाइनमा ताउनुहुनेछ ।

म काठमाण्डौबाट आएको छु, क्वारेन्टाइनमा सहज रुपमा बस्नुभएकी सुनारले भन्नुभयो, म काठमाण्डौ हुँदा सुरक्षित रुपमा बसेको थिएँ । उहाँले कोरोनाले उपाध्यक्ष भनेर छोड्ने कुरा नभएकाले असुरक्षित छु भनेर नै क्वारेन्टाइनमा बसेको बताउनुभयो ।

सर्वसाधारणलाई उपाध्यक्ष सुनारको आग्रह पनि छ, कारोना भाइरसले विश्वमा ठुलो क्षती पु¥याएको छ । मलाई कोरोना छ छैन थाहा छैन, यो सरुवा रोग हो । मेरो कारणले जनसमुदायमा असर नपरोस भनेर क्वारेन्टाइनमा बसेको हो, म घरमै क्वारेन्टाइमा पनि बस्न सक्थें । मलाई आफ्नो भन्दा जनताको चिन्ता छ । त्यसैले क्वारेन्टाइमा छु ।

लडक डाउन नहुँदै आवश्यक कामको शिलशिलामा उहाँ काठमाण्डौ जानुभएको थियो । तेस्रो पटक लक डाउन लम्बिएपछि उहाँ विहीवार जिल्ला आईपुग्नु भएको हो । भालुवाङ सम्म व्यक्तिगत रुपमा रिर्जभमा आएको र त्यहाँबाट गाउँपालिकाको सवारी मार्फत आउनु भएको हो । गाउँपालिकामा हाल ४ जना क्वारेन्टाइनमा रहेका छन । क्वारेन्टाइनमा राखिएका दाङका ४ जनालाई विहीवार नै पठाइएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *