समाज

गणतन्त्र दिवसको अवसरमा प्यूठानका बजार क्षेत्रमा सरसफाई

प्यूठान । गणतन्त्र दिवसको अवसर पारेर प्यूठानका बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ ।

 

प्यूठान उद्योग बाणिज्य संघको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको छ । खलंगा, बाग्दुला, भिंगृ, ठूलावेशी, चकचके लगायतको क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।

 

मल्लरानी बजार क्षेत्रको आयोजनामा खलंगामा, प्यूठान नगर बजार क्षेत्रको आयोजनमा बाग्दुलामा, स्वर्गद्धारी नगर बजार क्षेत्रको आयोजनामा भिंगृमा, गौमुखी बजार क्षेत्रको आयोजनामा ठूलावेशीमा, माण्डवी बजार क्षेत्रको आयोजनामा चकचकेमा सरसफाई कार्यक्रम गरिएको प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो ।

 

सरसफाई कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, सामाजिक अगुवा तथा जनसमुदायहरुको सहभागीता रहेको थियो ।

 

जेठ १४, १५ र १६ गते विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउनका लागि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीको संयोजकत्वमा गणतन्त्र दिवस मुल समारोह समिति गठन गरिएको छ । समितिले विभिन्न कार्यक्रमहरु गरि दिवस मनाउने योजना तय गरेको छ ।

Related Articles

Back to top button