> समाज > दाङबाट प्यूठान आउदै गरेको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु


दाङबाट प्यूठान आउदै गरेको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

प्यूठान, ३२ जेठ । दाङबाट प्यूठान आउदै गरेको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दाङबाट विद्युतको पोल लिएर प्यूठान आउदै गरेको रा १ त २७७५ नम्वरको ट्याक्टर दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर १ बोझपोखरामा दुर्घटनामा परेको हो ।

शनिवार साझ करिव ८ बजेतिर दुर्घटना हुदा घाइते भएका ट्याक्टर चालक बंगलाचुली गाउँपालिका वडा नम्वर ७ हाँसीपुरका २० वर्षिय रामबहादुर बुढाको उपचारको क्रममा आइतवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै घाइते सहचालक प्यूठान स्वर्गद्वारी नगरपालिकाका १८ वर्षिया भेषराज घर्तिमगर र बंगलाचुली गाउँपालिका वडा नम्वर १ का ३२ वर्षिय ईश्वर जि.सी.को राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!