प्यूठान । यहि चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभर टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको छ । खोप अभियानलाई प्रभाबकारी बनाउन प्यूठानमा स्वास्थ्य कार्यालयले आफ्नो काम अघि बढाएको छ ।
जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम, खोप समन्वय समितिका पदाधिकारी, सञ्चारकर्मीलाई अभिमुखिकरण लगायतका गतिविधि गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । यो खोप अभियानले जिल्लाको खोपको पहुँचको अवस्थाबारे जानकारी गराउन समेत सहयोग पुग्ने उहाँको भनाई छ ।
जिल्लामा चैत २५ देखि ३० गतेसम्म अभियान सम्पन्न गर्ने गरि कार्ययोजना बनेको खोप फोकल पर्सन तथा कोल्डचेन निरीक्षक कौशलराज वैद्यले बताउनुभयो । जिल्लाभर ८३ हजार ८४ जना १५ महिनादेखी १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।