सरुमारानी गाउपालिका-४, एरावती गाउपालिका-५, प्युठान नगरपालिका-४ र १० नम्बर वडाका १/१ जना र प्युठान नगरपालिका-९ का २ जना पक्राउ परेका हुन ।


चैत्र र बैशाख महिनामा गरि १२८ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिनुभयो । आगलागीका घटनाबाट ५३ घर, ९ गोठ, १०८ ठाँऊ वनमा, अन्य १२ ठाँऊमा आगलागी भएको छ । आगलागीबाट ११२ चौपायाको मृत्यु, २१ घाईते र ५७४ घरपालुवा पंक्षीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
