> स्थानीय सरकार > घरमा सुत्केरी हुने संख्या शुन्य, पूर्ण संस्थागत प्रसुती वडा घोषणा


घरमा सुत्केरी हुने संख्या शुन्य, पूर्ण संस्थागत प्रसुती वडा घोषणा

प्यूठान । गौमुखी गाउँपालिका-७ नारिकोटमा यस वर्ष ६९ जना सुत्केरी भए । सुत्केरी भएका सवै जना स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका हुन् ।

 

संस्थागत सुत्केरीसँगै सवैले ४ पटक गर्भ जाँच समेत गराएका छन् । सवैले टि.डी खोप र पिएमटिसिटी सेवा लिएका छन् । सवैले ३ पटक सुत्केरी जाँच गराएका छन् । ६९ मध्ये ६७ जनाले २२५ चक्की आइरन खाएका छन् ।

उक्त सूचकको आधारमा मापदण्ड अनुसार प्रक्रिया पुरा भएकाले पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको छ । पूर्रण संस्थागत सुत्केरी भएको वडा बनाउन सरकारी निकायदेखी गैरसरकारी निकाय रेडक्रस, हेल्थ फर लाईफ, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र/सुआहारा, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह लगायतको सहयोग रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैशीले जानकारी दिनुभयो ।

अहिले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएपनि स्वास्थ्य संस्थामा दरवन्दी अनुसार कर्मचारीको स्थायी पदपुर्ति नहुँदा समस्या रहेको छ । त्यसैगरी, कच्ची सडक, स्वच्छ खानेपानीको आपुर्ति लगायतका समस्या रहेका छन् ।

घाेषणा कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तारा जिसी, जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायत अतिथीकाे उपस्थिती थियाे ।