> राष्ट्रिय > गौमुखीमा स्वास्थ शिबिरबाट ९०२ जना लाभान्वित


गौमुखीमा स्वास्थ शिबिरबाट ९०२ जना लाभान्वित

प्युठान । गौमुखी गाउँपालिकामा भएको एक दिने नि: शुल्क स्वास्थ्य शिबिरमा ९ सय २ जना लाभान्वित भएका छन ।

 

शिविरमा जनरल मेडिसिन, मृगौला रोग, शल्यक्रिया सर्जरी, न्युरो सर्जरी, ल्याब सेवा, इ सि जि , भिडियो एक्सरे, स्त्रीरोग, मुटु रोग, हाडजोर्नी तथा नशा, मधुमेह, नाक कान घाटी, आँखा, बाल रोग, दन्तरोग लगायतका सेवा प्रबाह भएको गाउँपालिकाले जनाएको छ ।

जटिल प्रकृति भएका ५२ जना बिरामीलाई रिफर गरिएको छ । उनीहरुको नि:शुल्क सर्जरी तथा उपचार गर्ने काठमाडौं मेडिकल कलेजले प्रतिबद्धता समेत जनाएको छ ।

शिविरमा काठमाडौं मेडिकल कलेजका १३ जना विशेषज्ञ डाक्टरले बिरामीहरुको चेकजाँच गरेका थिए । बिरामीलाई औषधि वितरण समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

गौमुखी गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्युठानको समन्वय र काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा ठुलाबेशीमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता तथा प्रमुख अतिथि काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका ब्याबसायी तथा मोरङ क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य सुनिल कुमार शर्मा रहनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *