> स्थानीय सरकार > हजार दिनका आमालाई पोषिलो खाना (भिडियो सहित)


हजार दिनका आमालाई पोषिलो खाना (भिडियो सहित)

प्रज्वल पहाडी
प्यूठान २० फागुन ।
हजार दिनका मातृशिशुको पोषण अवस्था सुधारका लागि पोषण उत्प्रेरणा सामाग्री वितरण गरिएको छ । प्यूठान नगरपालिका ९ नम्वर वडाले वडामा रहेका गर्भवती र दुई वर्ष भित्रका मातृशिशुहरुलाई सामाग्री वितरण गरेको हो ।
वडाका १ सय दश जना गर्भवती तथा दुई वर्ष भित्रका मातृशिशुलाई अण्डा र स्थानीयक्षेत्रमा उत्पादीत पोषीलो (सर्वोत्तम) पिठो वितरण गरिएको वडा सचिव धु्रव जी.सीले जानकारी दिनुभयो । पोषण सुधारका लागि उत्प्रेरणा जगाई पोषीलो खानेकुराको उपभोगमा वृद्धि ल्याउने उद्येश्यले सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । “नियमित पोषिलो खानेकुरा उपभोगमा वृद्धि ल्याउन कार्यक्रमले प्रोत्साहित गर्ने छ”, वडा सचिव जिसीले भन्नुभयो, “हजार दिनमा पोषिलो खानेकुराको महत्वको विषयमा आमा समुहमा समेत अभिमूखिकरण गरेका छौं ।”
गर्भवती तथा ६ महिना भित्रका वच्चाका आमालाई दुई÷दुई क्यारेटका दरले अण्डा र ६ महिना देखि २४ महिना पुरा नभएका मातृशिशुहरुका लागि दुई ÷दुई क्यारेट अण्डाका साथै पोषिलो पिठो प्रदान गरिएको हो । सामाग्री वितरण कार्यक्रममा वोल्दै वडा अध्यक्ष नेहर सिंह के.सीले सामाग्रीको सही सदुपयोग गरेर उपभोग गर्न हजार दिनका आमाहरुलाई सुझाव दिनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार विना वडाको विकास अगाडी नवढ्ने बताउँदै उहाँले यि विषयमा वडाकार्यालयले लगानी वढाउँदै आएको बताउनुभयो ।

?

कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले पोषण सामाग्री हस्तान्त्रण गर्दै नगर क्षेत्रमा स्वास्थ्य र पोषण सेवा सुधारका लागि नगरपालिकाले प्राथमिकता दिदै आएको बताउनुभयो । स्वास्थ्य चौकिहरु नभएका कतिपय वडाहरुमा आधाभूत स्वास्थ्य केन्द्रहरु स्थापना गरिएको बताउँदै उहाँले अव गुणस्तरीय स्वास्थ्य सेवा र पहुँचका लागि नगरपालिकाले जोड दिएको बताउनुभयो । स्वास्थ्य र पोषण अवस्था सुधारका लागि नगरपालिका गुरुयोजना निर्माण गरेर अगाडी बढ्ने उहाँको भनाई थियो ।
वडाले पोषण प्रर्वद्धनका लागि वडामा रहेका आमा समुहहरुमा हजार दिनका आमा तथा अभिभावकहरुलाई पोषण सुधारका लागि अभिमूखिकरण गरेको वडा सचिव जिसीले बताउनुभयो । “४ वटा आमा समुह र वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलाई समेत अभिमूखिकरण गरिएको छ” उहाँले भन्नुभयो । वडा कार्यालयको आयोजना सुआहारा कार्यक्रम र मरन्ठाना स्वास्थ्य चौकिको समन्वयमा कार्यक्रम भएको हो ।

फोटो क्याप्सन ः हजार दिनका मातृशिशुलाई पोषण सामाग्री वितरण गर्दै प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति । तस्वीर ः प्रज्वल पहाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *