> समाज > तीन वटा स्थानीय तहमा सहज परियोजनाको सहयोग


तीन वटा स्थानीय तहमा सहज परियोजनाको सहयोग

प्यूठान, २२ मंसिर । जिल्लाका तीन वटा स्थानीय तहलाई सहज परियोजनाले विभिन्न इलेक्ट्रोनिक सामाग्री सहयोग गरेको छ ।

प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिकाको न्यायिक समितिलाई आवश्यक पर्ने विभिन्न इलेक्ट्रोनिक सामाग्री परियोजनाले सहयोग गरेको हो ।

प्यूठान नगरपालिकामा सामाग्री हस्तान्तरणको तस्विर

प्रत्येक स्थानीय तहमा १ लाख १३ हजार ५ सय रुपियाँ बराबारको डेक्स्टप, प्रिन्टर, साउण्ड सिस्टम, पोष्टर पम्पलेट प्रदान गरिएको परियोजनाका सामाजिक परिचालक एकराज भण्डारीले जानकारी दिनुभयो ।

दातृ निकाय युके एएड, भिएसओ, इन्टरनेशनल अर्लटसँगको साझेदारीमा मधेश मानव अधिकार गृह(माहुरीहोम) ले सहज परियोजना सञ्चालन गरेको छ । प्यूठानमा तीन वटा स्थानीय तहमा कार्यक्रम लागु भएको भण्डारीले बताउनुभयो ।

महिला, मानवअधिकार लगायत क्षेत्रमा परियोजनाले स्थानीय तहसँग समन्वय गरि काम गर्दै आएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *