> स्थानीय सरकार > नौबहिनीको बजेट ः एम्बुलेन्स खरीद गर्न २४ लाख विनियोजन


नौबहिनीको बजेट ः एम्बुलेन्स खरीद गर्न २४ लाख विनियोजन

महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाको १२ औं गाउँसभामा अध्यक्ष डिल बहादुर थापाले नीति तथा कार्यक्रम र उपाध्यक्ष विस्ना थापा के.सी.ले बजेट प्रस्तुत गर्नुभएको हो ।

 

नौबहिनीको आगामी आर्थिक वर्षको बजेट ६७ करोड ९७ लाख ४९ हजार रहेको छ । संघीय सरकारबाट ४८ करोड ५० लाख ५२ हजार, प्रदेश सरकारबाट ४ करोड ११ लाख ९७ हजार, गाउँपालिकाले १ करोड ३५ लाख र सामाजिक सुरक्षा भत्ता १४ करोड विनियोजन गरिएको छ ।

 

गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि २४ लाख रुपियाँ विनियोजन गरेको छ । गाउँपालिका अनुदान शिक्षक, बाल विकास तथा विद्यालय कर्मचारी, स्वास्थ्यकर्मी, वडामा कार्यरत कर्मचारीको तलवमा २ हजार रुपियाँ वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *