प्यूठान । मल्लरानी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिका भित्र सञ्चालनमा रहेका लिफ्ट खानेपानीको विद्युत महशुल ५० प्रतिशत व्यहोर्ने उल्लेख छ । समितिले आम उपभोक्ताबाट लिने मासिक शुल्कको दर घटाउने भएको छ ।
त्यसैगरि पालिका भित्रका सडकहरु नियमित रुपमा सञ्चालन गर्नका लागि सडक मर्मत सम्भारकर्ता (लेन्थ वर्कर) को व्यवस्था गर्ने नीति लिएको छ । यी दुवै नीतिको कार्यक्रममा बोल्ने बत्ताहरुले प्रशंसा गरेका थिए ।
