> स्थानीय सरकार > मल्लरानी गाउँपालिकामा एम्बुलेन्स सेवा, सुत्केरीलाई निःशुल्क


मल्लरानी गाउँपालिकामा एम्बुलेन्स सेवा, सुत्केरीलाई निःशुल्क

प्यूठान । मल्लरानी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनको कार्यक्रम समेटिएको छ । ‘मल्लरानी गाउँपालिका क्षेत्र भित्रबाट संचालन हुने गरी एम्बुलेन्स सेवाको सुनिश्चितता गरिनेछ ।’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

घरमै हुने सुत्केरीलाई शुन्यमा झार्न सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा आउन जानका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

त्यसैगरि खलंगा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने चिकित्सक सहितको सेवाको सुनिश्चितता गरिने उल्लेख छ । वडा नं. ३ को चौरपानी र वडा नं. ५ को कुमिकोट क्षेत्रबाट स्वास्थ्य सेवा सुचारु गर्न आवश्यक व्यवस्था मिलाइने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *