प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रममा १७७ बुँदा समेटिएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास, सुशासन तथा संस्थागत विकास अन्र्तगतका विषय समेटिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बोल्ने बत्ताहरुले सुझाव समेत दिएका छन् ।
निर्वतमान अध्यक्ष अमरध्वज रानामगर, राष्ट्रिय जनमोर्चाका नेता डोर प्रसाद पोख्रेल, नेपाली कांग्रेसका नेता नविन प्रकाश श्रेष्ठ, नेकपा एमालेका नेता बुद्ध बहादुर जिसी, नेकपा माओवादी केन्द्रका नेता टि.एस गुरुङ, पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले नीति तथा कार्यक्रममा आफ्ना सुझाव दिनुभएको हो ।
जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता, सहायक प्रजिअ मेघराज सोनीको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश कुमार श्रेष्ठ र सञ्चालन प्रमुख प्रसाशकीय अधिकृत बालकृष्ण थापाले गर्नुभएको थियो । जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा भएको कार्यक्रममा राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायको सहभागिता थियो ।
दोस्रो गाउँसभाको पहिलो अधिवेशनको उद्घाटन शत्र सकिएको छ । बन्द शत्रले नीति तथा कार्यक्रम पारित गर्नेछ ।
