> समाज > प्यूठानमा नीजि क्लिनिको सहयोग


प्यूठानमा नीजि क्लिनिको सहयोग

प्यूठान, १८ चैत ।
देशभर नीजि अस्पतालले कोरोना संक्रमणको बेला विरामी जाँच नगरको भन्दै आलोचना भइरहँदा प्यूठानमा नीजि क्लिनिकले सहयोग गरेका छन् । नोबेल कोरोना (कोभिड १९) को संक्रमणबाट बच्न र बचाउनका लागि जिल्लाका नीजि क्लिनिकले स्वास्थ्य कार्यालय प्यूठान मार्फत सहयोग गरेका हुन् ।
क्लिनिकहरुले संयुक्त रुपमा स्वास्थ्य सामाग्री कार्यालयलाई हस्तान्तरण गरेका हुन् । ३५ हजार मुल्य बराबरको व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ), ३० हजार मुल्य बराबरको मास्क, २० हजार मुल्य बराबरको ग्लोभ्स र १७ हजार मुल्य बराबरको सेनिटाइजर स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीलाई प्रदान गरिएको हो ।
प्युठानका सक्रिय फर्मा, न्यू सुश्री फर्मा, अमृत फर्मा, कालिका मेडिकल हल, शाह मेडिकल हल, रिजाल औषधी भण्डार, स्वर्गद्धारी फार्मेसी र डाक्टर लेखराज सुवेदीको सहयोगमा उक्त सामग्री प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *