> स्थानीय सरकार > चुनावको मुखमा प्रदेशले पठायो ४ करोडको योजना, उपभोक्ता समिति मार्फत काम गर्न निर्देशन


चुनावको मुखमा प्रदेशले पठायो ४ करोडको योजना, उपभोक्ता समिति मार्फत काम गर्न निर्देशन

प्यूठान । सडक पूर्वाधार विकास कार्यालयले उपभोक्ता समिति मार्फत योजनाका कामहरु अगाडी वढाउन थालेको छ । यस अघि टेण्डर र कोटेशन मार्फत योजनाका काम गर्दै आएको कार्यालयलयले उपभोक्ता समिति मार्फत काम गर्न थालेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रदेश सरकारको निर्देशनमा उपभोक्ता मार्फत काम अघि वढाउन लागिएको हो । जिल्लाका स्थानिय तहसंग समन्वय गरि उपभोक्ता समिति गठन गर्ने लगाएतका विधिवारे कार्यालयले सार्वजनिक सुचना नै जारी गरेको छ । जिल्लाभर ५२ वटा योजना छनौट गरिएको छ । ५ लाख देखि दश लाख रुपैया वजेटका योजनाहरु रहेका छन् । ५२ वटा योजनाको कुल वजेट ३ करोड ९० लाख रहेको छ ।

मन्त्रालयको नयाँ कार्यविधि अनुसार उपभोक्ता समिति मार्फत कामगर्ने गरि नयाँ योजना प्राप्त भएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले बताउनुभयो । सात दिनको समय राखेर सुचना जारि गरिएको छ उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचार संहिता जारि गर्ने चरणको वेला उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन गराउनु निर्वाचन प्रभावित बनाउन खोजिएको स्थानीयको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *