> राजनीति > ६७ जनाले फिर्ता लिए उम्मेदवारी, मल्लरानीमा कांग्रेसका बागी उम्मेदवारले पनि फिर्ता लिए


६७ जनाले फिर्ता लिए उम्मेदवारी, मल्लरानीमा कांग्रेसका बागी उम्मेदवारले पनि फिर्ता लिए

प्यूठान । जिल्लाभर ६७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार झिमरुक गाउँपालिकाबाट मात्र ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मल्लरानी गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार चारै जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार ले मनोनयन फिर्ता गरेका हुन् ।

 

त्यसैगरि झिमरुक गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार हुकुम बहादुर खड्काले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
त्यसैगरि मल्लरानी गाउँपालिकामा नेकपा मओवादी केन्द्रका अध्यक्षका उम्मेदवार टि.एस. गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *