> स्थानीय सरकार > झिमरुकले ४०० परिवारलाई खाद्यान्न दिँदै


झिमरुकले ४०० परिवारलाई खाद्यान्न दिँदै

बासुदेव गिरी
प्यूठान, २८ चैत्र ।
लक डाउनका कारण खाद्यान्न अभाव भएका ४ सय परिवारलाई झिमरुक गाउँपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ । परिवार संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गर्न लागेको हो ।

जस अनुसार वडा नं. १ मा ४८, वडा नं. २ मा ६०, वडा नं. ३ मा ५१, वडा नं. ४ मा ४०, वडा नं. ५ मा ४२, वडा नं. ६ मा ५३, वडा नं. ७ मा ५५ र वडा नं. ८ मा ५१ परिवारको छनौट गरेको छ । ४ चार सय घरधुरीका १ हजार ८६१ सदस्य लाभान्वित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

खाद्यान्न सामाग्री असंगठित क्षेत्रमा कार्यरत श्रमिक, असहाय परिवारलाई राहत सम्वन्धी मापदण्ड २०७६ मा रहि वितरण गर्ने तयारी अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

२ जना सदस्य भएको परिवारलाई १५ केजि चामल, १ लिटर तेल, १.५ केजि दाल, १ केजि नुन, सावुन १ वटा कपडा धुने, १ वटा नुहाउने र २ भन्दा बढि सदस्य भएको परिवारलाई चामल ३० केजि, दाल ३ केजि, नुन २ प्याकेट, तेल २ लिटर, सावुन २ वटा कपडा धुने, २ वटा नुहाउने सामाग्री वितरण गर्ने कार्यविधि छ ।

खाद्यान्न वितरण कार्य शनिवारदेखि शुरु हुने गाउँपालिकाले जनाएको छ । पहिलो चरणको यस वितरणमा कुल ११ हजार ४१५ केजि चामल, ७६१ लिटर तेल, १ हजार १४२ केजि दाल, नुहाउने सावुन ७६१ र लुगा धुने ७६१, नुन ७६१ प्याकेट प्रदान गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!