समाजस्थानीय सरकार

नौबहिनीमा गाउँमै ज्यालादारी गरेकालाई काममा फर्किन दिने

सृजना सेन
प्यूठान, ५ बैशाख ।

नौबहिनी गाउँपालिकाले गाउँमै ज्यालादारी गरेर गुजारा चलाएकालाई काममा फर्किन दिने भएको छ । गाउँपालिका भित्र निर्माण भइरहेका विद्यालयको भवन, कुलको भवन लगायत अन्य भवन निर्माणमा मजदुरी गरिरहेकालाई सुरक्षित रहि काम गर्न दिने भएको हो ।

पहिले देखिनै गाउँमा मजदुरी गरेर परिवार चालाएकाहरुले सुरक्षित रहेर काम गर्छौ भनेर गाउँपालिका सँग अनुमति मागेकोले अन्य क्षेत्रबाट आएका बाहेक स्थानीय रुपमै ज्यालामजदुरी गरेकालाई काम गर्न दिइने गाउँपालिकाका अध्यक्ष शिव रिजालले जानकारी दिनुभयो ।

अध्यक्ष रिजालका अनुसार हरेक मजदुरले ३ फिटको दुरी भने अनिवार्य रुपमा कायम गर्नु पर्ने छ । भने ५ जना भन्दा वढिको समुह बनाएर काम गर्ने छैनन । त्यस्तै जहाँ काम गर्ने सोही स्थानमै बस्नु पर्ने छ । नियमको पालना गरे नगरेको भने गाउँपालिका तथा वडाका जनप्रतिनिधिले अनुगमन गर्ने समेत रिजालले जानकारी दिनुभएको छ ।

यसरी मजदुरलाई काममा फर्काउँदा उनिहरुलाई राहातको आवश्यक समेत नपर्ने अध्यक्ष रिजालको भनाइ छ । पछिल्लो समय गाउँ भत्रिएकालाई भने गाउँपालिकाले कडा निगरानीमा राखेको गाउँपालिका कार्यालयले जानकारी दिएको छ ।

Related Articles

Back to top button