प्यूठान । प्यूठान नगरपालिकाको वडा नं. ७ मा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनका नेत्र बहादुर केसीले ७४१ र प्रतिस्पर्धी नेकपा एमालेका शेषमणी भट्टराईले ७२० मत पाउनुभएको छ ।
त्यसैगरि प्यूठान नगरपालिका वडा नं. ८ मा पदम बहादुर थापा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका थापाले १३२४ र प्रतिस्पर्धी गठबन्धनका गोविन्द खत्रीले १०५५ मत प्राप्त गर्नुभएको छ ।
