> राजनीति > गौमुखीमा नेकपाको ध्यानाकर्षण


गौमुखीमा नेकपाको ध्यानाकर्षण

प्यूठान, ६ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौमुखी गाउँपालिका संगठन कमिटीले कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका व्यक्तिको राहत र उद्धारका लागि आवश्यक समन्वय, पहल र निर्णय गर्न नसकेको भन्दै ध्यानाकर्षण जनाएको छ ।

भोकमरीको जोखिममा परेका गाउँपालिकाका मजदुर, गरीव किसानहरुको राहत र उद्धारका लागि आवश्यक समन्वय, सहकार्य र निर्णय गर्न गौमुखी गाउँपालिकाले नसकेको भन्दै ध्यानाकर्षण गराएको हो ।

शनिबार एक अपिल जारी गर्दै कमिटीले पहिलो चरणको राहत वितरणमा मापदण्ड नबनाई आस्थाको आधारमा वितरण गर्दा गरेको ध्यानाकर्षणको पुनः स्मरण गराउन चाहेको जनाइएको छ । गाउँपालिका स्तरमा विपदसँग जुध्न स्थानीय सरकारसँग मिलेर का मगर्न पार्टी प्रतिवद्ध रहेको समेत उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *