प्यूठान । सरुमारानी गाउँपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न भएको छ । चार वटा वडा मध्ये ३ वडामा एमाले र १ वडामा गठबन्धनले जित हासिल गरेको छ ।
केहिबेर अघि सम्पन्न ३ नम्वर वडाको मतगणनामा एमालेबाट भिम बहादुर मस्र्याङ्गी सहितको प्यानल विजयी भएको छ । उहाँले ८५३ र प्रतिस्पर्धी हिमालय रिजालले ६१० मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा मनिषा गुरुङ, दलित महिला सदस्य आशा विक, खुल्ला सदस्य बेद बहादुर पुन, खलिम मिया विजयी हुनुभएको छ ।
