प्युठान । गौमुखी गाउँपालिकामा पुनः अध्यक्षमा विष्णु कुमार गिरी निर्वाचित हुनुभएको छ । दोश्रो कार्यकालका लागि गिरी निर्वाचित हुनुभएको हो ।
गिरीले ३६४९ मत पाउनुभयो भने प्रतिस्पर्धी नेकपा एमालेका जुमानसिंह जिसीले २८०० र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानले २६२९ मत पाउनुभयो ।
पालिका उपाध्यक्षमा महावीर राना निर्वाचित हुनुभएको छ । राना माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको हो । उहाँले ४३४६ मत पाउनुभयो । प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानुमाया केसीले ३०३० र जनमोर्चाका तारा पुरीले ११९७ मत पाउनुभयो ।
पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । नेकपा एमाले र राष्ट्रिय जनमोर्चा एक्लाएक्लै चुनाव लडेको थियो ।
