प्यूठान । मल्लरानी गाउँपालिकाको १ नम्वर वडामा गठबन्धनको तर्फबाट प्यानल विजयी भएको छ ।
अध्यक्षमा चिन्त बहादुर राहुले ४१८ मत प्राप्त गरेर विजयी हुनुभएको हो । प्रतिस्पधी एमालेका उम्मेदवार खुमानसिंह राहुँले ३५३ मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यमा कमला शर्माले सवैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ५०७ मत ल्याउनुभएको छ । त्यसैगरि दलित महिला सदस्यमा कृष्णा सार्की, खुल्ला सदस्यमा कमल पौडेल र शैलेन्द्र बुढाथोकी विजयी हुनुभएको छ ।
१ नम्वर वडामा १ हजार ८ सय ३८ मतदाता मध्ये १ हजार १ सय ५ मत खसेको थियो । जसमध्ये २२ मत पूर्ण रुपमा बदर भएको छ ।
गठबन्धन तर्फ पालिका अध्यक्षमा ४४६, पालिका उपाध्यक्षमा ४२५, नेकपा एमाले तर्फ पालिका अध्यक्षमा ३७९, पालिका उपाध्यक्षमा ३७९, नेकपा माओवादी केन्द्रको पालिका उपाध्यक्षमा १४३ मत परेको छ ।
