गौमुखी । गौमुखी गाउँपालिका विद्यालयहरूलाई लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिमको समापन भएको छ।
गौमुखी गाउँ पालिका अध्यक्ष विष्णु कुमार गिरी काे अध्यक्षतमा सञ्चालन भएको समापन कार्यक्रमको सञ्चालन प्रशासनिक अधिकृत दुर्गा सुवेदीले गर्नु भएको थियो ।
विद्यालयमा आर्थिक पारदर्शिता संगै सूचना प्रविधिमन्त्री बनाउनमा यस तालिमको महत्व हुने गाँउ पालिका अध्यक्ष गिरीले बताउनु भएको छ ।
नेपाल सरकारले मा वि तहमा तत्काल अनलाइन माध्यम बाट अनिवार्य लेखा व्यवस्थापन राख्ने तर्फ उन्मुख हुनमा पनि सहयोग पुग्नेछ ।
तालिम शुक्रबार देखि गौमुखी गाउँपालिका काे आयोजनामा गौमुखी गाउँपालिका काे सभाहलमा संचालन भएको थियो ।