> स्थानीय सरकार > मल्लरानी गाउँपालिकाको डिजिटल प्रोफाईल


मल्लरानी गाउँपालिकाको डिजिटल प्रोफाईल

प्यूठान ३ चैत ।
मल्लरानी गाउँपालिका प्यूठानले गाउँपालिकाको बस्तुगत विवरण सहितको डिजिटल प्रोफाईल निर्माण थालेको छ । गाउँपालिका अन्तरगत घरधुरी तथा संस्थागत अवस्था समेत समावेश गरि डिजिटल प्रोफाईल निर्माण गर्न थालेको हो ।
प्रोफाईलमा घरधुरी, व्यक्तिगत विवरण, सम्पत्ति विवरण, पेशा, व्यवसाय, रोजगारी तथा शैक्षिक अवस्था लगाएतका कुराहरु समावेश गरिने गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत सुरेश पोख्रेलले जानकारी दिनुभयो । घरधुरी संकेत नम्वर कायम गरि प्रत्येक घरधुरीको छुट्टा छुट्टै विवरण संकलन गरिने छ, सुचना अधिकृत पोख्रेलले भन्नुभयो,यसले घरधुरीको वास्तविक अवस्था पहिचानमा सहयोग गर्ने छ । संस्थागत विवरणमा सम्वन्धीत संस्थाको कार्यक्षेत्र, मानव संशाधन, भौतिक संरचनाको अवस्था लगाएत कुराहरु सङ्कलन हुने उहाँले बताउनुभयो ।
प्रोफाईल निर्माणका लागि १५ जना गणकहरु खट्ने छन । जिपिएस लोकेसन सहित विवरण सङ्कलन गर्ने हुदा तथ्याङ्क बढी भरपर्दो हुने समेत उहाँले बताउनुभयो । जीपीएस लोकेसन समेत लिनु पर्ने हुँदा गणकहरु घरमै पुगेर डाटा सङ्कलन गर्नु पर्छ, उहाँले भन्नभयो, यसले गर्दा बास्तविक तथ्याङ्क आउँछ ।
डिजिटल प्रोफाईले गाउँपालिकाको बास्तविक अवस्था संगै बजेट तथा नीति कार्यक्रमहरु तय गर्न सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ । गाउँपालिकाको समग्र वास्तविक अवस्थावारे प्रोफाईलले स्पष्ट गर्ने हुँदा योजना कार्यान्वयनमा सहयोग मिल्ने प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । डिजिटल प्रोफाईल निर्माणका लागि गाउँपालिकाले सरोकारवाला निकायसंग अन्तरक्रिया समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *