> समाज > अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक


अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक

प्यूठान, १६ चैत्र ।
प्यूठान नगरपालिका–२ को युवा टोल समाज सुधार समिति (आरनेटा–झारिवाङ)ले अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन स्थानीय युवाहरुले गाँउ प्रवेश गर्ने र गाँउ भएर जाने सडकमा बाँस तेर्साएर प्रवेशमा रोक लगाएका हुन् ।

अपरिचित व्यक्तिलाई प्रवेश निषेध भन्दै माइकिङ गर्दै हिँडेको समितिका अध्यक्ष झग बहादुर जि.सी.ले जानकारी दिनुभयो । टोलमा कोरोनाबारे जानकारी दिदै यसका लक्षण तथा बँच्ने उपायबारे समेत सन्देश दिइएको उहाँले बताउनुभयो ।

साथै स्थानीयलाई टोलभन्दा बाहिर जाँदा र आउँदा हात धुँनको लागी पानी र सावुनको पनि व्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि सरकारले गरेको लक डाउन सफल पार्न यस्तो कार्य गरिएको अध्यक्ष जिसिले बताउनुभयो ।

‘सरकारले हाम्रै स्वास्थ्यलाई ख्याल गरेर हिड्डुल गर्न रोक लगाएको हो । कोरोनाबाट बच्न हामीले पनि आफ्नो स्तरबाट सावधानी अपनाउन र निगरानी गर्नु आवश्यक छ ।’ ,जि.सी.ले भन्नुभयो ।

मुख्य सडकमा हिडडुल गर्न समेत प्रहरीले रोक लागए पछि क्वाडि–वर्जिवाङ–भिगृ आवतजावत गर्न भित्रि सडकको प्रयोग हुन थालेको छ । नियमको उल्लङघंन गरेमा स्थानीय प्रशासनको जिम्मा लगाइने जि.सी.ले बताए ।

बाटो अवरोध तयारी गर्दै स्थानीय युवाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *