> आर्थिक/बिकास > प्यूठानमा बाढीले निर्माण सामाग्री बगायो, करीव ४५ लाखको क्षती


प्यूठानमा बाढीले निर्माण सामाग्री बगायो, करीव ४५ लाखको क्षती

प्यूठान । गौमुखी गाउँपालिकाको ठूलावेशी-पुँजा जोड्ने मसानघाट पक्की पुल निर्माणको क्रममा बाढीले निर्माण सामाग्री बगाएको छ ।
पुल ढलानको तयारी भैरहेको बेला झिमरुक नदीमा आएको बाढीले निर्माण सामाग्री बगाएको निर्माण व्यवसायी नविन कुमार श्रेष्ठले बताउनुभयो ।

 

निर्माणस्थलमा रहेको सिमेन्ट, मिक्सचर मेसिन, गिटी, बालुवा, मोटर, काठ, प्लाई लगायतका सामाग्री बाढीले बगाएको हो ।
४० देखी ४५ लाख रुपिँया बरावरको नोक्सानी भएको व्यवसायी श्रेष्ठले बताउनुभयो ।

सडक पूर्वाधार विकास कार्यालय मार्फत पुल निर्माणको जिम्मा हिम सगरमाथा मल्लरानी इशान जेभीले पाएको थियो । भ्याट सहित ५ करोड ६६ लाख रुपियाँ लागत रहेको छ ।

 

७२ मिटर लामो पुलको आधा भाग ढलान भइसकेको छ । आधा भाग ढलान गर्ने तयारी भएका बेला बाढीले क्षति गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *