> आर्थिक/बिकास > मालपोत कार्यालय जस्पुले कति उठायो राजश्व ?


मालपोत कार्यालय जस्पुले कति उठायो राजश्व ?

प्यूठान । तीन वटा स्थानीय तहको काम मालपोत कार्यालय जस्पुरबाट हुन्छ । स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाको मालपोत सम्वन्धी काम माण्डवी गाउँपालिका-३ स्थित जस्पुरमा रहेको कार्यालयले गर्दै आएको छ ।

 

आर्थिक वर्ष २०७८/०७९ मा मालपोत कार्यालय जस्पुरले १ करोड ५५ लाख ९६ हजार ७७० रुपियाँ राजश्व संकलन गरेको छ । जसमध्ये राजश्व बाँडफाँड बाट ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्वन्धित स्थानीय तहले पाउने गर्दछन् ।

प्रदेश सरकारले ५० लाख ६८ हजार ९५४ रुपियाँ, स्वर्गद्वारी नगरपालिकाले ४१ लाख ६८ हजार ३५१, माण्डवी गाउँपालिकाले ११ लाख ९५ हजार ६३ रुपियाँ र सरुमारानी गाउँपालिकाले २२ लाख ४० हजार १७ रुपियाँ प्राप्त गरेको छ ।

 

त्यसैगरि संघीय सरकारले पुँजिगत लाभकर मार्फत २९ लाख २४ हजार ३८५ रुपियाँ राजश्व प्राप्त गरेको मालपोत कार्यालय जस्पुरका निमित्त प्रमुख सरोज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ३९० रजिष्ट्रेशन लिखत पारित भएको छ । ४३० जना महिलाको नाममा लिखत पारित भएको छ । धितोबन्धक लिखत ५५६ रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *