> समाज > धर्मोदय माबि जाबुनेमा अक्षयकोष स्थापना


धर्मोदय माबि जाबुनेमा अक्षयकोष स्थापना

प्युठान । धर्मोदय माध्यमिक विद्यालय जाबुनेमा यमदग्नि शर्मा स्मृति शैक्षिक अक्षयकोष स्थापना गरिएको छ ।

ऐरावती गाउँपालिका-३ मा पर्ने धर्मोदय माविका सस्थापक प्रधानाध्यापक स्वर्गीय यमदग्नी शर्माको स्मृतिमा ६० हजार रुपियाँ रकमको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिकाका पदाधिकारी, सल्लाहकार, विद्यालयका प्रधानाध्यापक कुलबहादुर थापा, शिक्षकहरुको उपस्थितिमा शर्माका छोराहरु गिरीराज खनाल र रेस्मीराज खनालले संयुक्त रुपमा चेक अक्षयकोषका लागि चेक हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अक्षयकोषको ब्याजबाट आधारभुत तहका उत्कृष्ट छात्रछात्राहरुलाई पुरुस्कार वितरण, विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत असहाय, गरिब, तथा जेहेन्दार छात्र, छात्राहरुलाई पोशाक न्यानो कपडा वितरण गर्ने विद्यालयका शिक्षक नेत्रप्रसाद खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *