> समाज > कोरोनाले लुङको देवाली प्रभावित, पछि सर्याे मिति


कोरोनाले लुङको देवाली प्रभावित, पछि सर्याे मिति

प्यूठान, २५ साउन । कोरोना महामारीका कारण प्यूठानको लुङ रिजाल बन्धुहरुको कुल पुजा (देवाली) प्रभावित भएको छ ।

 

प्रत्येक पाँच/पाँच वर्षको अन्तरमा हुने देवाली यस वर्ष मंसिरमा हुने भएपनि कोरोना जोखिमका कारण पछि सरेको छ ।

 

 

२०७३ सालमा भएको देवाली यस वर्ष गर्ने तयारी थियो । तर कोरोनाका कारण धेरै मानिसले ज्यान गुमाएको, कोरोनाको जोखिम कायमै रहेकाले भीडभाड गर्न नहुने भन्दै यसवर्ष स्थगित गर्ने निणर्य भएको स्थानीय राम पहाडीले जानकारी दिनुभयो । एक वर्ष पछि सार्ने गरि अर्को वर्ष देवाली गर्ने निणर्य भएको उहाँले बताउनुभयो ।

 

 

नौबहिनी गाउँपालिका वडा नम्वर ६ लुङमा हुने कुल पुजालाई भव्य मेलाको रुपमा समेत लिने गरिन्छ । करीव एक लाख मानिसले कुल पुजाको अवलोकन गर्ने गर्दछन् । स्थानीय तिलविक्रम केसीका अनुसार करीव पाँच हजार बोकाको बलि चढ्ने गर्दछ ।

 

कुल पुजामा देशका विभिन्न ठाउँबाट रिजाल बन्धु सहित अन्य समुदायका मानिसहरुले समेत भाकल गरि पुजा गर्न आउने गर्दछन् । लुङको देवालीमा भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रही आएको तिलविक्रम केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *