> समाज > प्यूठानका साढेँ २१ हजार बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउदै


प्यूठानका साढेँ २१ हजार बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउदै

प्यूठान, ११ मंसिर । देशरभर जस्तै प्यूठानमा पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदैंछ । ६ महिना देखि ५९ महिनाका साढे २१ हजार बालबालिकालाई विहिवार र शुक्रवार भिटामिन ए र जुकाको औषधी खुवाइन लागिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

जिल्लाभरका ६ महिनादेखि ५९ महिनासम्मका २१ हजार ५०० बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । कुनै पनि बालवालिका भिटामिन ए कार्यक्रमबाट छुट्न नदिन सहजीकरण गर्न सबै जिल्लाका सबै स्थानीय तह, सरोकारवाला निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

 

कार्यक्रम अन्तर्गत ६ महिना देखि १ बर्षसम्मका वालवालिकालाई भिटामिन ए र १ बर्षदेखि ५९ महिनासम्मका वालवालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको हो । उक्त कार्यक्रमका लागी जिल्लाका ६४ वटै जिल्लामा महिला स्वयमंसेविका परिचालन गरिएका छन । महिला स्वयमंसेविकाले विहिवार र शुक्रवार प्रत्येक स्थानिय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट भिटामिन ए र जुकाको औषधी खुवाउने स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो । कुपोषण हुने र भिटामिन ए को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको उहाँको भनाई छ ।

 

कोभिडको जोखिममा पनि स्वास्थ्य कार्यालयले जनस्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ, उहाँले भन्नुभयो, “भिटामिन ए कार्यक्रममा पनि स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गरेका छौँ । साथै सबै अभिभावकलाई स्वास्थ्य मापदण्ड पुरा गरेर भौतिक दुरी कायम गर्दै आफ्ना बालबालिकाहरुलाई भिटामित ए तथा जुकाको औषधी खुवाउन उहाँले आग्रह समेत गर्नुभयो ।

 

सरकारले हरेक ६/६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाईदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *