> समाज > प्यूठानमा मनाइयो योग दिवस 


प्यूठानमा मनाइयो योग दिवस 

प्यूठान, ७ असार । नौबहिनी गाउँपालिकाको बाहानेमा छैठौं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । गंगा माध्यामिक विद्यालय बाहानेमा ५ दिने योग प्रशिक्षण सहित दिवस मनाइएको हो ।

कोरोना भाइरस पिसिआर पोजेटिभ देखिएका १६ जनालाई असार ३ गते देखि योग प्रशिक्षणको सापन सँगै  “घरमा योग र परिवारका साथ योग”  मुल नारा सहित योग दिवस मनाईएको कविराज टुक बहादुर रोकाले जानकारी दिनुभयो ।

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र नौवहिनी गाउँपालिका आयुर्वेद शाखाको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव रिजाल, प्यूठान आयुर्वेद स्वास्थ्य केन्दको निमित्त प्रमुख शिशिर पोख्रेल, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, प्रहरी इन्चार्ज, जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *