> राष्ट्रिय > प्यूठानमा विश्व औलो दिवस मनाईयो ः शर्तकर्ता अपनाउन आग्रह


प्यूठानमा विश्व औलो दिवस मनाईयो ः शर्तकर्ता अपनाउन आग्रह

प्यूठान । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको छ ।
स्वर्गद्धारी नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय प्यूठानले आज स्वर्गद्धारी नगरपालिकामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।

लामखुट्टेको टोकाईबाट औलो रोग सर्ने भएकाले त्यसबाट बच्नका लागि शतर्कता अपनाउनुपर्नेमा कार्यक्रममा छलफल भएको थियो ।
प्यूठानमा आर्थिक वर्ष ०७६÷७७ मा १२ जना, ०७७÷०७८ मा ३ जना र यस आर्थिक वर्षमा १ जना व्यक्रिमा औलो रोग देखिएको छ ।
नेपाल सरकारले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

 


स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गद्धारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहका सदस्य लगायतको सहभागिता थियो ।

 

 

अन्र्तक्रिया कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *