प्यूठान, ३ वैशाख । प्यूठानका चार हजार हेक्टर वन क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय प्यूठानका अनुसार यस वर्ष विगतका वर्षभन्दा धेरै डढेलो लागेको हो ।
सहायक वन अधिकृत दिपक केसीले चालु आ.वको हालसम्म जिल्लाका ६० ठाउँमा डढेलो लागेको जानकारी दिनुभयो । जसबाट चार हजार हेक्टर क्षेत्रफल वन क्षेत्र नष्ट भएको छ । जिल्लाको सवैभन्दा बढी ऐरावती र सरुमारानी गाउँपालिकामा रहेका वन क्षेत्रमा डढेलो लागेको उहाँले बताउनुभयो ।
५० वटा सामुदायिक वन, १० वटा कवुलियती वन र एउटा राष्टिय वनमा डढेलो लागेको कार्यालयको तथ्याङ्क छ । सुख्खा मौषम र हावाहुरीका कारण आगलागीका घटना भएको सहायक वन अधिकृत केसीले बताउनुभयो ।
