रमेश गिरी
प्यूठान, २५ चैत्र ।
एम्बुलेन्स चालहरुलाई कोरोना संक्रमणबाट बच्न व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरिएको छ । अन्नपूर्ण इनर्जी कम्पनीका अध्यक्ष प्यूठानको विजुली निवासी रामप्रसाद आचार्यले २० थाप पीपीई उपलब्ध गराउनुभएको हो ।
चालकहरुले सुरक्षा सामाग्री नहुँदा त्रास बढिरहेको गुनासो गरिरहेका वेला अध्यक्ष आचार्यले प्यूठान नगरपालिका मार्फत प्रदान गर्नुभएको हो । समाजसेवी आचार्यले पीपीई सहित १० हजार पिस सर्जिकल माक्स, र २०० बोतल सेनिटाईजर प्रदान गर्नुभएको नगर प्रमुख अर्जुन कुमार कक्षपतीले बताउनुभयो ।
पीपीई आजै एम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
र यो पनि पढ्नुहोस् :
