> समाज > प्यूठानमा सामुहिक श्रद्धाञ्जली सभा गरियो


प्यूठानमा सामुहिक श्रद्धाञ्जली सभा गरियो

प्यूठान, ५ भदौ । प्यूठान सदरमुकाम खलंगामा सामुहिक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।


एक बर्षभित्र दिवङ्गत भएकाहरुको सम्झनामा कार्यक्रम गरिएको हो ।

खलंगा सरोकार समुहले आयोजना गरेको कार्यक्रममा, मल्लरानी गाउँपालिका, ४ नम्बर वडा कार्यालय मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र, नेवा:खल खलंगा प्यूठानले सहयोग तथा समन्वय गरेका थिए ।

समुहका संयोजक मनोज कुमार श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा दिवङ्गत परिवारको तर्फबाट माया श्रेष्ठ, नेवा: खल खलंगा प्यूठानका अध्यक्ष बसन्तलाल शाक्यले शोक मन्तव्य राख्नुभएको थियो ।

खलंगा पार्टी चोकमा भएको कार्यक्रममा स्थानीय, परिवारका सदस्य लगायतले दिप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *