प्यूठान । प्यूठान नगरपालिकामा आज मेयर पदका लागि नेकपा एमालेबाट विजयविराज विष्ट र गठबन्धन दलको तर्फबाट विष्णु योगीको मनोनयन दर्ता भएको छ ।
त्यसैगरि उपमेयरमा नेकपा एमालेको तर्फबाट पवित्रा जिसी र गठबन्धनको तर्फबाट देवेन्द्र वर्माको मनोनयन परेको छ ।
आज दिउँसो एमाले र गठबन्धन दलले मेयर, उपमेयर सहित वडा अध्यक्ष र सदस्यको पदमा मनोनयन दर्ता गराएका छन् ।
