महेश थापा
प्यूठान, १३ बैशाख ।
नौबहिनी गाउँपालिकाले पालिका भित्रका ४८ जना व्यक्तिलाई काठमाण्डौबाट ल्याएको छ । गाउँपालिकाले पुगेर गाडी रिजर्व गरि ४८ जनालाई प्यूठान ल्याइएको हो ।
काठमाण्डौबाट आउनेमा विद्यार्थी र मजदुर छन् । होम क्वारेन्टाइनमा बस्ने सहमतिमा आफूहरु घर आएको विद्यार्थीले बताएका छन् । होम क्वारेन्टाइनमा बस्दा जोखिम हुने भन्दै छलफल गरेर उनीहरुलाई सम्वन्धित वडाको क्वारेन्टाइनमा पठाइएको गाउँपालिकाले जनाएको छ ।