प्यूठान, १२ असार । स्वर्गद्वारी नगरपालिकाको नगरसभा असार १८ गते बस्ने भएको छ ।
बजेट बाँडफाँडका विषयमा सहमति हुन नसक्दा असार १० गते गाउँसभा हुन नसकेको हो ।
विपक्षी दलबाट निर्वाचित जनप्रतिनिधिले राजनीतिक प्रतिसोध राख्दै वडामा कम्तीमा १ करोड रुपियाँको बजेट सिलिङ माग गरेको, म्याचिङ फण्डमा, क्रमागत योजनामा बजेट विनियोजन गर्न सहमत नभएको लगायत कारणले गर्दा तोकिएको समयमा नगरसभा बस्न नसकेको प्रवक्ता एवं ५ नम्वर वडाका वडा अध्यक्ष हिरामणी भण्डारीले जानकारी दिनुभयो ।
बजेटका विषयमा छलफल भइरहेको समेत उहाँको भनाई छ ।
