प्युठान । सरुमारानी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
अध्यक्षका उम्मेदवार झग वहादुर विश्वकर्मा र उपाध्यक्षका उम्मेदवार बसन्ता खड्काले सोमबार मनोनयन दर्ता गराउनु भएको हो ।
मनोनयन गर्न जाने क्रममा अध्यक्षका उम्मेदवार विश्वकर्माले अध्यक्षमा फेरि पनि प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताउनुभयो ।
सरुमारानिमा नेपाली कांग्रेसबाट अध्यक्षमा मुकुन्दराज शर्मा र उपाध्यक्षमा माओबादी केन्द्रवाट गुप्त बहादुर रानाले उम्मेदवारी दर्ता गराउनु भएको छ। त्यस्तै दुबै पक्षले पालिकाभित्रका ६ वटै वडामा वडा अध्यक्ष र सदस्यले समेत उम्मेदवारी दर्ता गराएका छन।
