प्यूठान । नेकपा एमालेले गौमुखी गाउँपालिकाको अध्यक्ष पदमा जुमान सिंह जिसी र उपाध्यक्षमा ज्ञानुमाया केसीलाई उम्मेदवार बनाउने भएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ मा जिल्ला पार्टीले गरेको सिफारिस प्रदेश कमिटीले निर्णय गरि पठाएको एमाले श्रोतले जनाएको छ ।
जिसी एमाले गौमुखी गाउँपालिका कमिटीको अध्यक्ष हुनुहुन्छ भने केसी जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।
