प्यूठान । प्यूठान नगरपालिकाको मेयर बन्नका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी) केन्द्रभित्र आकांक्षी धेरै देखिएका छन् । एमाले एक्लै निर्वाचनमा जाँदैछ भने माओवादी गठबन्धनसहित निर्वाचनमा जाँदैछ ।
एमालेमा मेयर बन्नका लागि ८ जनाले दावी गरेका छन् भने माओवादीमा १० जनाले दावी गरेका छन् । एमालेबाट टंक बहादुर खड्का, नेहरसिंह केसी, मुक्ति पोख्रेल, विजयविराज विष्ट, मधुर शर्मा, पार्वता आचार्य, लक्ष्मीप्रकाश राजभण्डारी, प्रनिर अधिकारीले दावी गरेका छन् ।
त्यसैगरि माओवादीमा अर्जुन कुमार कक्षपति, मदन बहादुर खत्री, सुशील पोख्रेल, उमाराम पौडेल, सरस्वती न्यौपाने, कृष्ण घिमिरे, विष्णु योगी, पूणर्चन्द्र सुवेदी उम्मेदवारको दावी गरेका छन् । दुई जनाको नाम खुलाईएको छैन ।
सर्वसम्मत उम्मेदवार चयनका लागि दुवै दलले प्रयास जारी राखेका छन् ।