प्यूठान । नेकपा (माले)का स्थायी कमिटी सदस्य कुमार बेल्बासेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संबैधानिक राष्ट्रपति हुनुपर्ने धारणा राख्नुभएको छ ।
संविधान संसोधनको चर्चा चलिरहेका बेला बिहिवार जुम्रीमा पत्रकारहरुसङ्गको भेटमा उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने धारण राख्नुभयो ।
संसदबाट मन्त्री नभई विशेषज्ञताका आधारमा मन्त्रीमण्डल गठन हुनुपर्ने उहाको भनाइ थियो । प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो ।
माले गठनको ४७ औ स्थापना दिवसको अवसरमा उहाँले देशभक्त शक्ति एक हुनुपर्ने उल्लेख गर्नुभयो ।
