प्यूठान । स्थानीय तहको निर्वाचन २०७९ मा मल्लरानी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट सुनिल शाही लेकाली अध्यक्ष र इश्वरा आचार्य उपाध्यक्ष पदमा उम्मेदवारी हुनुहुने भएको छ ।
जिल्ला कमिटी प्यूठानको सिफारिसमा प्रदेश कमिटीले यस्तो निर्णय गरेको हो ।
लेकाली पालिका कमिटीको अध्यक्ष हुनुहुन्छ । इश्वरा पालिका कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ (अनेमसंघ) पालिका कमिटी अध्यक्ष हुनुहुन्छ ।